केटीको फेक आइडी बनाएर ठगी गर्न खोज्ने तालचोकका रिमालसहित ३ युवक पक्राउ
पाेखरा | पुस १७, २०८०
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले फेसबुकमा फेक आइडीमार्फत ठगी गर्न खोजेको आरोमा तीन युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका २ढ तालचोकका २२ वर्षीय अनुराग घिमिरे, चितवनको रत्ननगर नगरपालिका १३ का २०वर्षीय पवेश रिमाल र सिरहाको लाहान नगरपालिका १ रमाद मटियवरा बस्ने २१ वर्षीय पुनिक सिंह रहेका छन् ।
प्रहरीका अनुसार उनीहरुले केटीको फेक आइडी बनाएर पुरुष व्यक्तिहरुलाई अश्लिल भिडियो कल गरी स्किृन रेकर्ड गरी सार्वजनिक गर्ने धम्की दिई रकम माग्ने गरेका थिए ।
उनीहरु विरुद्ध परेको उजुुरीका आधारमा चितवन प्रहरीको समन्वयमा हिजो पक्राउ गरी कास्की ल्याइएको छ ।
पक्राउ परेका उनीहरुमाथि ठगी, आपराधिक विश्वासघात तथा लाभ (एक्सटर्सन) सम्बन्धि कसुर र विद्युतीय अपराध सम्बन्धि कसुरमा अनुसन्धान थालिएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

